footer
logo
July 28 2020
Blog single photo

सुनको मूल्य प्रतितोला ९८ हजार नाघ्यो, एकलाख पुग्न १८ सय रुपैयाँ बाँकी

अर्थतन्त्र । मंगलबार सुनको मूल्य ९८ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबारको तुलनामा प्रति तोला ७ सय रुपेयाँले बढ्दा सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ पुगेको हो । सोमबार प्रति तोला ९७ हजार ५ सय रुपैयाँ रहेको थियो । 

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा लगातार वृद्धि हुँदा नेपालमा पनि मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । 
 



चाँदीको मूल्य पनि सोमबारको तुलनामा ३५ रुपैयाँ बढेर प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य १ हजार २ सय १० रुपैयाँ थियो । 
 

Top