footer
logo
July 27 2020
Blog single photo

अजोड इन्स्योरेन्सको शेयर मंगलबारदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज ९७ रुपैयाँ देखि २९१ रुपैयाँ तोकियो

बीमा खबर । अजोड इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको एक करोड कित्ता शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । मंगलबारदेखि कारोबार खुल्ने गरी शेयर सूचीकृत भएको हो । 
पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ९७ रुपैयाँ देखि २ सय ९१ रुपैयाँ ओपनिङ रेन्ज दिएको छ । अजोडको कारोबार संकेत एआईएल पाएको छ । 

 



कम्पनीले असार २५ गते देखि जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको साधारण शेयर सर्वसधारणका लागि विक्रीमा ल्याएको थियो । त्यसमध्ये १ लाख २० हजार कित्ता शेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई र बाँकी रहेको २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि विक्री खुल्ला गरेको थियो । आइपीओ निष्काशन पछि कम्पनीको संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व गरी १ अर्ब चुक्ता पूँजी पुगेको छ । 

Top