footer
logo
July 26 2020
Blog single photo

लक्ष्मी उन्नती कोषमा लगानी गर्ने अवसर, आजदेखि आवेदन दिन सकिने

बैंक खबर । लक्ष्मी बैंकको सहायक मम्पनी लक्ष्मी क्यापिटल मार्केटले लक्ष्मी उन्नती कोषको ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई आजदेखि विक्री खुल्ला गरेको छ । क्यापिटलले छिटोमा साउन १४ गते र ढिलोमा २५ गते सम्म निष्कासन बनद गर्ने भएको छ । साउन १४ गते सम्म सबै इकाई विक्री नभए साउन २५ गते सम्म विक्री खुल्ला हुने छ । 

निष्कासन गर्न लागेको कुल इकाईको १ करोड २० लाख अर्थात कुल विक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित राखेको छ । सर्वसाधारणले बाँकी रहेको ६ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । 



सर्वसाधारणले प्रति इकाई १० रुपैयाँ अंकित मूल्यका १ सय इकाई देखि ८० लाख इकाई सम्मका लागि आवेदन दिन सक्नेछन ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । 

Top