footer
logo
July 25 2020
Blog single photo

एनआइसी एशिया लघुवित्तमा रोजगारीको आवसर, १०+२ पास भएकाले आवेदन दिन सक्ने

बैंकिङ रोजगारी । एनआइसी एशिया लाभुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । ब्रान्च म्यानेजर (सिनियर असिस्टेन्ट, सुपरभाइजर, अफिसर, सिनियर अफिसर), जुनियर असिस्टेन्ट/असिस्टेन्ट, ट्रेनी असिस्टेन्ट/कन्ट्रयाक्ट असिस्टेन्ट लागयतमा पदमा कर्मचारी माग गरेको हो ।  

बैंकले जारी गरेको सूचना अनुसार ब्रान्च म्यानेजर (सिनियर असिस्टेन्ट, सुपरभाइजर) का लागि न्यूनतम १०+२ पास गरेको र २ वर्ष बैंकिङ अनुभव भएको व्यक्तिले आवेदन दिन सक्ने छन् । ब्रान्च म्यनेजार (अफिसर, सिनियर अफिसर) पदका लागि स्नातक तह पास गरेको र न्यूनतम ३ वर्ष बैंकिङ अनुभव भएको व्यक्ति हुनुपर्ने छ । सिनियर असिस्टेन्ट, सुपरभाइजर पदका लागि २१ वर्ष देखि ३५ वर्ष उमेर सम्मका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । अफिसर, सिनियर अफिसर पदका लागि २१ वर्ष देखि ४९ वर्ष उमेर सम्मका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

 



जुनियर असिस्टेन्ट/असिस्टेन्ट पदका लागि न्यूनतम १०+२ पास गरेको र कम्तिमा १ वर्ष बैंकिङ अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् । यो पदका लागि २१ वर्ष देखि ३० वर्ष उमेर समुहका व्यक्तिले आवेदन दिनसक्ने छन् । 

ट्रेनी असिस्टेन्ट/कन्ट्रयाक्ट असिस्टेन्ट पदका लागि न्यूनतम १०+२ पास गरेको हुनुपर्ने छ भने यो पदका लागि अनुभग नभएका २० वर्ष देखि ३० वर्ष उमेर समुहका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

आवेदन दिन इच्छुक व्यक्तिले २०७७ साउन २३ गते (२०२० अगस्ट ७) सम्म आवेदन दिन सक्नेछन । आफ्नो व्यक्तिगत विवरण सहितको आवेदन http://www.nicasialaghubitta.com/careers मा लगअन गरी दिन सक्नेछन ।

Top