footer
logo
July 25 2020
Blog single photo

नेपाल पुनर्बीमा कम्पनीले लाभांश वितरण नगर्ने, पाँच वर्ष सम्मको नाफा जगेडा कोषमा राख्ने

बीमा खबर । नेपाल पुनर्बीमा कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । साउन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

कम्पनीले पुनर्बीमा व्यवसाय सम्बन्धी निर्देशिका २०७१ को दफा १२ अनुसार लाभांश वितरण गर्न नसकेको हो । निर्देशिकामा व्यवसाय सुरु भएको ५ वर्ष सम्म बचत भएको रकम मुनाफाको रुपमा बाँडफाड नगरी अनिवार्य जगेडा कोषमा राख्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाका कारण कम्पनीले लाभांश वितरण गर्न नसकेको हो । 
 



२०७१ सालमा स्थापना भएको पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७६/०७७ देखि भने लाभांश वितरण गर्न पाउने छ । 

Top