footer
logo
July 24 2020
Blog single photo

तिनाउ मिसन डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी, 10+2 पासलाई पनि अवसर

बैंकिङ रोजगारी । तिनाउ विकास डेभलपमेन्ट बैंकले विभिन्न पदामा कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, सुपरभाइजर, असिस्टेन्ट, ट्रेनी/जुनियर असिस्टेन्ट र म्यासेन्जर पदका लागि कर्मचारी माग गरेको हो । 

बैंकले लमाचि, तुल्सिपुर, कावासोती, बर्दघाट र पाल्पाको बाँसटारीका लागि कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर (जुनियर अफिसर, अफिसर र सिनियार अफिसर) केही संख्यामा माग गरेको छ । यो पदका लागि न्यूनतम व्यवस्थापन विषयमा स्नातकोत्तर पुरा गरेको र ३ वर्ष अनुभव भएको व्यक्ति हुनुपर्ने जनाएको छ । 

सुपरभाइजर सिनियर असिस्टेन्टका लागि व्यवस्थापन विषयमा न्यूनतम १२ पास गरेको र २ वर्ष बैंकिङ अनुभव भएकाले आवेदन दिन सक्ने छन्  । असिस्टेन्ट पदका लागि व्यवस्थापन विषयमा न्यूनतम १२ पास भएको र १ वर्षको बैंकिङ अनुभव भएको हुनुपर्ने छ । 



ट्रेनी/जुनियर असिस्टेन्टका लागि व्यवस्थापन विषयमा ५० प्रतिशत अंक ल्याई १० प्लस २ पास गरेकाले आवेदन दिन सक्ने छन् । यो पदका लागि १८ वर्षपुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ । म्यासेन्जरका लागि ३५ वर्ष ननाघेको कुनैपनि साक्षर व्यक्तिले आवेदन दिन सक्ने छन् । 

बैंकमा काम गर्न इच्छुक व्यक्तिले साउन २३ गते (२०२० अगस्ट ७) सम्म आवेदन दिन सक्ने छन् । आवेदनका लागि व्यक्तिगत विवरण, शैक्षिक प्रमाणपत्रको फोटोकपी, पासपोर्ट साइजको फोटो, आवेदन पत्र बैंकमा बुझाउनुपर्ने छ । आवेदन बैंकको इमेल hr@tinaumissionbank.com मा पनि पठाउन सकिने छ । 

Top