footer
logo
July 24 2020
Blog single photo

नियमित रुपमा बैंकिङ सेवा सुचारु गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको निर्देशन

बैंक खबर । नेपाल राष्ट्र बैंकले नियमित रुपमा बैंकिङ सेवालाई सुचारु गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । बिहीबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले बैंकिङ कारोबार गर्ने समयसम्म इजाजतपत्र प्राप्त संस्थाहरुले अनिवार्य रुपमा आफ्नो कार्यालय खोली बैंकिङ कारोबार सञ्चालन गर्न निर्देशन दिएको हो । 

राष्ट्र बैंकले बैंकिङ सेवा प्रवाहमा ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा रहने जनशक्तिको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरु (सेनिटाइजर, मास्क, निसंक्रमण, थर्मल स्क्यानिङ, पञ्जा) को अनिवायर्य प्रयोग गर्न निर्देशन दिएको छ । 
 



सेवा ग्राहीको भिडभाड नहुने तथा दुरी कायम हुने गरी लामबद्ध हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न र विद्युतीय माध्यमबाट हुने कारोबातरलाई प्रोत्साहन गर्न पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । 

Top