footer
logo
July 23 2020
Blog single photo

सुनको मूल्य प्रति तोला ९४ हजार ५ सय पुग्यो

अर्थतन्त्र । सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ पुगेको छ । लगातार उक्लिएको सुनको भाउ बिहीबार ५ सय रुपैयाँले बढेर नयाँ उचाई कायम गरेको हो । यो मूल्य अहिले सम्म कै उच्च हो । 

कोभिड १९ कार कारण अन्तर्राष्ट्रिय बजारमा असर परेका कारण सुनचाँदीको भाउमा लगातार वृद्धि भएको सुनचाँदी व्यवसायीहरुले बताएका छन् । लगातार सुनको मूल्यमा वृद्धि हुँदा कारोबारमा मन्दी आएको व्यवसायीहरुले बताएका छन् ।
 



बिहीबार चाँदी पनि प्रतितोला १ हजार १ सय ४५ रुपैयाँ पुगेको छ । चाँदी बुधबारको तुलनामा प्रतितोला १० रुपैयाँले बढेको हो । 

Top