footer
logo
July 22 2020
Blog single photo

राष्ट्र बैंकका सात वटा विभाग र कार्यालयको नाम फेरियो

राष्ट्र बैंक । नेपाल राष्ट्र बैंकले विभिन्न सात वटा विभाग तथा कार्यालयहरुको नाम परिवर्तन गरेको छ । बैंकले एक सूचना जारी गरी २०७७ साउन १ गतेदेखि लागू हुने गरी विभाग तथा कार्यालयाहरुको नाम परिवर्तन गरेको जनाएको छ । 

राष्ट्र बैंकका अनुसार समान्य सेवा विभागको नाम परिवर्तन गरी सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग राखेको छ । अनुसन्धान विभागको नाम परिवर्तन गरी आर्थिक अनुसन्धान विभाग, लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागको नाम लघुवित्त संस्था सुपरिवेक्षण विभाग नामाकरण गरिएको छ । 
 



संस्थागत योजना विभागको नाम संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, बैंकिङ कार्यालयको नाम बैंकिङ विभाग, सूचना प्रविधि विभागको नाम सूचना प्रविधि महाशाखा र उपत्यका बाहिरका कार्यालयहरुको नाम प्रदेश स्थित कार्यालय भएको छ । 
 

Top