footer
logo
July 20 2020
Blog single photo

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

बीमा खबर । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले शाखा तथा उपशाखा कार्यालयहरुको लागि केही संख्यामा शाखा प्रमुख र मार्केटिङ कर्मचारी माग गरेको हो । 

शाखा प्रमुखका लागि १ जना कर्मचारी माग गरेको छ । जसका लागि न्यूनतम स्नातक तह उत्र्तिण गरी बीमा÷वित्तीय क्षेत्रमा कम्तीमा २ वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ । इन्स्योरेन्सले तनहुँको आँबुखैरेनी शाखाका लागि शाखा प्रमुख पदमा कर्मचारी माग गरेको हो । 

मार्केटिङ कर्मचारीका लागि न्यूनतम प्रविणता प्रमाणपत्र तह उत्र्तिण गरी बीमा÷वित्तीय क्षेत्रमा कम्तिमा १ वर्ष कार्य अनुभव भएको हुनुपर्ने छ । इन्स्योरेन्सले लेखनाथ शाखा कास्किका लागि २ जना र कुश्मा शाखा पर्वतका लागि १ जना मार्केटिङ कर्मचारी माग गरेको हो ।

 



दुवै पदका लागि आवेदकको अधिकतम उमेर ४० वर्ष ननाघेको हुनुपर्ने इन्स्योरेन्सले जनाएको छ । 

इन्स्योरेन्सले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले आफ्नो व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रतिलिपी तथा काम गर्न चाहेको कार्यालय खुलाई २०७७ साउन १४ गते साँझ ५ बजे भित्र इमेल मार्फत आवेदन दिनुपर्ने जनाएको छ । आवेदन चबवग२चभष्बिदभिषिभ।अयm।लउ, कबचयव२चभष्बिदभिषिभ।अयmभ।लउ मा पठाउन सकिने छ । 

Top