footer
logo
July 19 2020
Blog single photo

लक्ष्मी उन्नति कोषमा लगानी गर्ने अवसर आउँदै, साउन ११ गतेदेखि विक्री खुल्ने

शेयर खबर । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटलले साउन ११ गतेदेखि ८० करोड रुपैयाँ बराबरको लक्ष्मी उन्नति कोषको ८ करोड इकाई विक्री खुल्ला गर्ने भएको छ । क्यापिटलले छिटोमा साउन १४ गते र ढिलोमा २५ गते निष्कासन बन्द गर्ने गरी विक्रीमा ल्याउन लागेको हो । साउन १४ गते सबै इकाई विक्री नभए साउन २५ गते सम्म विक्री खुल्ला हुनेछ ।

निष्कासन गर्न लागेको कुल इकाईको १ करोड २० लाख अर्थात कुल विक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित राखेको छ । सर्वसाधारणले बाँकी रहेको ६ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । 



सर्वसाधारणले प्रति इकाई १० रुपैयाँ अंकित मूल्यका १ सय इकाई देखि ८० लाख इकाई सम्मका लागि आवेदन दिन सक्नेछन ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । 

Top