footer
logo
July 17 2020
Blog single photo

अजोड इन्स्योरेन्सको आइपीओ बाँडफाँड, झण्डै ५७ प्रतिशत आवेदकले पाए शेयर

बीमा खबर । अजोड इन्स्योरेन्सले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । असार २५ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको २७ लाख ३० हजार कित्ता आइपीओ आज (साउन २गते) बाँडफाँड भएको हो । 



इन्स्योरेन्सको आइपीओमा ४ लाख ८४ हजार ४ सय ९८ योग्य आवेदन परेकोमा गोला प्रथाका आधारमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले शेयर पाएको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार ५६.४५ प्रतिशतले शेयर पाएका छन् । बाँकी ४३.६५ प्रतिशत अर्थात २ लाख ११ हजार ४ सय ९८ जनाले शेयर पाएनन् ।

Top