footer
logo
July 17 2020
Blog single photo

मूल्य वृद्धिदर घट्यो, तराईमा सबैभन्दा धेरै मूल्यवृद्धि, काठमाडौंमा ४.४३ प्रतिशतले वृद्धि 

अर्थतन्त्र । २०७७ जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ५४ प्रतिशत रहेको छ । यो मुद्रास्फीति दर अघिल्लो वर्षको सोही महिनामा भन्दा कम हो । २०७६ जेठ महिनामा यस्तो मुद्रास्फीति ६ दशमलव १६ प्रतिशत रहेको थियो । 

आर्थिक वर्ष २०७६/०७७ को एघार महिना (जेठ मसान्त) मा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ४१ प्रतिशत र गैर– खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ८७ प्रतिशत रहेको छ । 

जेठ मसान्त सम्ममा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत दाल तथा गेडागुडी, सुर्तिजन्य वस्तु, मसला, अल्कोहलिक पेय पदार्थ र फलफूल उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । 

काठमाडौं उपत्यकामा ४ दशमलव ४३ प्रतिशत, तराईमा ४ दशमलव ८६ प्रतिशत, पहाडमा ४ दशमलव १३ प्रतिशत र हिमालमा ४ दशमलव ३४ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ जेठमा यी क्षेत्रहरुमा क्रमशः ७ दशमलव १ प्रतिशत, ५ दशमलव ८ प्रतिशत, ५ दशमलव ७ प्रतिशत र ६ दशमलव ४६ प्रतिशत मुद्रास्फीति रहेको थियो । 

थोक मुद्रास्फीति 
२०७७ जेठमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३ दशमलव ९६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५ दशमलव ३२ प्रतिशत रहेको थियो । 

मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ६ दशमलव ६ प्रतिशत र ३ दशमालव ६२ प्रतिशत रहेको छ । समीक्षा महिनामा उपभोग्य वस्तु र निर्माण सामग्रीको थोक मूल्य क्रमशः शुन्य दशमलव ३४ प्रतिशत र ४ दशमलव ६७ प्रतिशतले घटेको छ । 
 



तलब तथा ज्यालादर सूचकाङ्क 
२०७७ जेठमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ७ दशमलव ४८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ९ दशमलव ५४ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क १३ दशमलव ५५ प्रतिशत र ज्यालादर सूचकाङ्क ५ दशमलव ८५ प्रतिशतले बढेको छ ।
 

Top