footer
logo
July 17 2020
Blog single photo

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (प्रमुख झकल)

अर्थतन्त्र । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७६/०७७ को एघार महिना सम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रमुख भलक यहाँ प्रस्तुत गरिएको छ ।

वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४ दशमलव ५४ प्रतिशत छ । एघार महिनाको औसत मुद्रास्फीति ६ दशमलव २८ प्रतिशत छ । 

आयात १५ दशमलव ३ प्रतिशतले घटेको छ भने निर्यात शुन्य दशमलव २ प्रतिशतले बढेको छ ।

विप्रेषण आप्रवाह ३ प्रतिशतले घटेको छ ।

शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोडले बचतमा छ ।  



कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ७९ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति ११.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।  
संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च ८ खर्ब ४३ अर्ब ९४ करोड र राजस्व परिचालन ६ खर्ब ४७ अर्ब ८० करोड छ ।  

विस्तृत मुद्राप्रदाय १२ दशमलव ९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १७ दशमलव ५ प्रतिशतले बढेको छ ।  

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३ दशमलव ३ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा १० दशमलव ७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १८ दशमलव १ प्रतिशत र कर्जाको वृद्धिदर ११ दशमलव ९ प्रतिशत छ ।

Top