footer
logo
July 14 2020
Blog single photo

ज्योति लाइफ इन्स्योरेन्समा खुल्यो भ्याकेन्सी, इमेलबाटै आवेदन दिन सकिने

बीमा खबर । ज्योति लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । इन्स्योरेन्सले एरिया सेल्स म्यानेजर, शाखा प्रमुख/उप–शाखा प्रमुख, बजार प्रतिनिधि, र कनिष्ठ सहायक÷सहायक÷बरिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको हो । 

इन्स्योरेन्सले एरिया सेल्स म्यानेजरका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तिर्ण गरी बीमा, बैंकिङ तथा विक्री बजार व्यवस्थापनको क्षेत्रमा कम्तिमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने जनाएको छ । उक्त पदका लागि २५ वर्ष उमेर पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ ।

शाखा प्रमुख/उप–शाखा प्रमुखका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तिर्ण गरी बीमा, बैंकिङ तथा विक्री बजार व्यवस्थापनको क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको र २३ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ ।

बजार प्रतिनिधिका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तिर्ण गरी बीमा, बैंकिङ तथा विक्री बजार व्यवस्थापनको क्षेत्रमा कम्तिमा १ वर्ष अनुभव भएका उम्मेदवारहरुले आवेदन दिन सक्नेछन् । उक्त पदका लागि २१ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ । 



कनिष्ठ सहायक/सहायक/बरिष्ठ सहायक पदका लागि कम्तिमा प्रमाणपत्र तह वा १२ कक्षा उत्तिर्ण गरेको हुनुपर्ने छ । कनिष्ठ सहायकको हकमा कार्य अनुभव नभएकाले समेत आवेदन दिन सक्नेछन् । सहायक र वरिष्ठ सहायकको हकमा बैंक, बीमा वा कुनै संगठित संस्थामा कम्तिमा एक वर्ष अनुभव भएकालाई प्राथमिकता दिइने इन्स्योरेन्सले जनाएको छ । उक्त पदका लागि १८ वर्ष उमेर पुरा भई २८ वर्ष ननाघेको हुनुपर्नेछ । 

इन्स्योरेन्सले काठमाडौं उपत्यका लगायत उपत्यका बाहिरका जिल्लाहरुका लागि कर्मचारी माग गरेको हो । इच्छुक आवेदकहरुले २०७७ साउन १३ गते सम्म इमेल मार्फत आवेदन दिनुपर्ने छ । आवेदन vacancy@jyotilife.com मा पठाउनु पर्नेछ । 

Top