footer
logo
July 13 2020
Blog single photo

कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा १ खर्ब ६८ अर्बको क्षति – राष्ट्र बैंक

अर्थतन्त्र । कोरोना भाइरस (कोभिड-१९) का कारण नेपालको कुल गार्हस्थ उत्पादनमा १ खर्ब ६८ अर्ब बढीको क्षति भएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । 

प्रतिनिधि सभाको अर्थसमितिमा मौद्रिक नीतिको तयारीको अवस्थाको बारेमा जानकारी गराउन उपस्थित भएका गभर्नर अधिकारीले कुल गार्हस्थ उत्पादनमा १ खर्ब ६८ करोड रुपैयाँको क्षति भएको बताएका हुन् । उनले कोभिड–१९ का कारण होटल, रेस्टुरेन्ट, यातयात, निर्माण र व्यपार क्षेत्रमा सबैभन्दा बढी असर परेको बताए 

उनले लकडाउनको अवस्थामा बैंकिङ क्षेत्रको निक्षेप करिब २ खर्बले बढेको बताए । उनले कर्जा जान नसकेपनि निक्षेप संकलनमा अनपेक्षित वृद्धि भएको बताए । २०७६ चैत देखि २०७७ जेठ सम्म बैंकको निक्षेप १ खर्ब ७२ अर्बले र कर्जा १६ अर्बले बढेको गभर्नर नेपालले बताए । 

उनले अनलाइन सर्वेक्षण मार्फत कोभिड १९ बाट सिर्जित समस्याको विश्लेषण गरिएको बताए । सर्वेक्षणमा कतिपय क्षेत्रलाई पुरानो अवस्थामा फर्कन एक वर्ष भन्दा बढी समय लाग्ने देखिएको बताए । 

 



बैंकिङ क्षेत्रमा विद्युतिय भुक्तानीको बढ्दो प्रयोगले बन्दाबन्दीको अवस्थामा पनि वित्तीय कारोबार सहज बनेको उनले बताए । कोभिड-१९बाट असर परेको अर्थतन्त्रलाई बचाउन मौद्रिक नीतिमार्फत वित्तीय उपकरणको परिचालन उचित र व्यवस्थित ढंगले गरिने गभर्नर अधिकारीले बताए । 

Top