footer
logo
July 01 2020
Blog single photo

नेप्से ६ प्रतिशतले बढेपछि बुधबार पनि डेढ घण्टा नपुग्दै शेयर कारोबार स्थगित

शेयर खबर । नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आजका लागि शेयर कारोबार बन्द भएको छ । बजार खुलेको १ घण्टा २३ मिनेटमा नै नेप्सेमा ६ प्रतिशतको वृद्धि भएको छ । तीन बजेसम्म चल्ने बजारमा सकारात्मक सर्किट लागेपछि ढेड घण्टा कारोबार नहुँदै बन्द भएको छ । नेप्से ७५ दशमलव ७७ अंकले बढेर १ हजार ३ सय ३६ दशमलव ५३ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ५५ प्रतिशत (१५ दशमलव १०अंक)ले बढेर २ सय ८७ अंकमा बन्द भएको छ । 

बजारमा १ सय ३५ कम्पनीको ४० करोड ७३ लाख रुपैयाँ बराबरको ११ लाख १ हजार २ कित्ता शेयर खरिद विक्री भएको छ । 

लामो समय बन्द भएपछि सोमबार देखि नियमित कारोबार हुन थालेको बजारमा पहिलो दिन १३ अंकले घटेर बन्द भएको थियो भने मंगलबार ७२ अंक बढ्दा सर्किट ब्रेक लागेर र बुधबार पनि ७५ अंकले बढेर सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको छ । 



बुधबार बजार खुले देखि नै केही कम्पनीको शेयर मूल्यमा निरन्तर वृद्धि भएको छ । होटल समूहमा बाहेक सबै समूहका सूचकहरु बढेका छन् । 
 

Top