footer
logo
June 30 2020
Blog single photo

किन बढ्यो नेप्से ? तीनपटक सर्किट ब्रेक लागेर बन्द भयो बजार   

शेयर बजार । बजार खुले देखि नै लगातार बढेको नेप्से परिसूचक तीन पटक सर्किट ब्रेक लाग्दै ७२ अंकले बढेर बन्द भएको छ । लकडाउनका कारण लामो समयपछि खुलेको बजारमा शेयरको माग बढी हुँदा नेप्से बढेको हो । सोमबारदेखि खुलेको बजार पहिलो दिन केही घटेपनि दोस्रो दिन उच्च अंकले बढेको हो । 

बजार खुलेको दुई घण्टामा नै नेप्से परिसूचक ६ प्रतिशत अर्थात ७२ दशमलव ०५ अंकले बढेर १ हजार २ सय ६० दशमलव ७५ अंकमा बन्द भएको छ । बजार खुलेको ४८ मिनेटमा ४ प्रतिशतले बढेपछि पहिलो पटक २०मिनेटका लागि कारोबार बन्द भएको थियो । त्यस्तै एक घण्टा १७ मिनेट जाँदा पुन बजार ५ प्रतिशतले बढ्न जाँदा ४० मिनेटका लागि कारोबार बन्द गरिएको थियो । त्यसपछि पनि नेप्से बढ्ने क्रम रोकिएन् । त्यस्तै दुईघण्टामा तेस्रोपटक सर्किट ब्रेक लाग्दा आजका लागि पूर्ण रुपमा कारोबार बन्द भएको हो । 

धेरै समय कारोबार हुन नपाउँदा भने कारोबार रकमममा वृद्धि हुन सकेन् । १ सय ३४ कम्पनीको २२ करोड ७२ लाख १२ हजार १ सय ९४ रुपैयाँ बराबरको ४ लाख ८९ हजार ५ सय ३७ कित्ता शेयर खरिद विक्री भयो ।



कारोबारमा आएका अधिकांश कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएको छ । होटल र म्यूचअल फण्ड समूहका सूचक मात्र घटेका छन भने अन्य सबै समूहका सूचक बढेका छन् । हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स लगायतका कम्पनीको शेयर कारोबार सबैभन्दा धेरै भएको छ । यस दिन ६ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यि कम्पनी सहित कुल २८ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । नेप्से परिसूचकमा उच्च वृद्धि भएपनि नेपाल पुनर्बीमा कम्पनी र ओरियन्टल होटलका शेयरधनिले भने झण्डै १० प्रतिशतले गुमाएका छन् । 
 

Top