footer
logo
Blog single photo

राष्ट्रिय वाणिज्य बैंकले पायो केयर रेटिङ्गसमा ए प्लस, वित्तीय अवस्था मजबुत 

बैंक खबर । राष्ट्रिय वाणिज्य बैंकले केयर रेटिङ्गस नेपालद्धारा गरिएको रेटिङ्गसमा ए प्लस (CARE-NP A+) रेटिङ्गस प्राप्त गरेको छ । केयर रेटिङ्गसमा ए प्लस रेटिङ्गसले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताउनुभयो ।

राष्ट्रिय वाणिज्य बैंक गत आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढी पाच अर्ब चार करोड रुपैंया मुनाफा कमाउन सफल भएको र आर्थिक वर्ष २०७४/०७५ मा बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रुपमा रहेको छ ।  
 



अहिले बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २ सय ४० वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत बैंकिङ सेवा उपलब्ध गराएको छ ।  
 

Top