footer
logo
Blog single photo

शेयर बजारमा झण्डै आधा अर्बको कारोबार, नेप्से परिसूचक भने घट्यो 

शेयर बजार । लकडाउन पछि खुलेको शेयरबजारको पहिलो दिन १ सय ४७ कम्पनीको ४८ करोड ५३ लाख रुपैयाँ बढीको १४ लाख ४४ हजार १ सय ७३ कित्ता शेयर खरिद विक्री भएको छ । नेप्से परिसूचक भने घटेको छ । बजार सुरु भएदखेखि करिब एकघण्टा हुनै लाग्दा नेप्से ४ प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लागेको थियो । त्यसपछि लगानीकर्ताले खरिद चाप बढाउँदा नेप्सेमा सुधार देखियो र बजार बन्द हुँदा १२ दशमलव ८७ अंकले घटेर १ हजार १ सय ८८ दशमलव ७ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि ४ अंक बढीले घटेर २ सय ५६ दशमलव २९ अंकमा बन्द भएको छ । 

कारोबारमा आएका १२ समूह मध्ये ४ समूहका सूचकहरु बढेका छन् । जीवन बीमा समूह, व्यापार, उत्पादन तथा प्रशोधन र अन्य समूहका सूचकहरु बढेका छन् । बैंकिङ, विकास बैंक, वित्त कम्पनी, जलविद्युत, होटल, निर्जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड लगायतका समूहका सूचकहरु घटेका छन् । 



बाजरमा सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सको, हिमालयन डिस्टिलरी र एनआईसी एसिया बैंकको भएको छ । तीन वटै कम्पनीको ३ करोड रुपैयाँ भन्दा बढीको शेयर खरिदविक्री भएको छ । सबैभन्दा धेरै कमाउनेमा नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीका शेयरधनीहरु रहेका छन् । जसको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेहरुमा स्वाबलम्बन लघुवित्त कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, इन्फिनिटि लघुवित्त लगायतका कम्पनीका शेयरधनीले भने झण्डै १० प्रतिशतले गुमाएका छन् । 
 

Top