footer
logo
June 25 2020
Blog single photo

विश्व अर्थतन्त्रमा गिरावट आउने आइएमएफको प्रक्षेपण, कोरोना महामारी नरोकिए आर्थिक संकट देखापर्ने अनुमान

विश्व अर्थतन्त्र । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन २०२० मा विश्व अर्थतन्त्रमा उच्च गिरावट आउने प्रक्षेपण गरेको छ । आइएमएफले कोभिड १९ का कारण अधिकांश देशहरुको आर्थिक गतिविधि ठप्प भएकाले चालु वर्षमा विश्व अर्थतन्त्रमा ४ दशमलव ९ प्रतिशतको गिरावट आउने आकलन गरेको हो । 

विश्व अर्थतन्त्रको आउटलुक जारी गर्दै मुद्रा कोषकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथले गत अप्रिल महिनामा जारी गरेको रिपोर्ट भन्दा केही फरक अवस्था आइपरेकाले नयाँ अनुमान गरिएको उनले बताइन् । आइएमएफले कोभिड १९ का कारण सन २०२० को पहिलो ६ महिनाको आर्थिक क्रियाकलापमा सबैभन्दा नराम्रो प्रभाव परेको प्रतिवेदनमा उल्लेख गरेको छ । 

अर्थशास्त्री गोपीनाथले कोभिड १९ को प्रभाव सबैभन्दा बढी निर्यातमा निर्भर अर्थतन्त्र भएका मुलुकहरुमा परेको बताइन् । यस्तै विकासोन्मुख देशहरुको अवस्थालाई पनि धमिले बनाएको उनले बताइन् । उनले विकासशील अर्थव्यवस्था भएका मुलुकमा भन्दा विकसित अर्थव्यवस्था भएको मुलुकको आर्थिक वृद्धिदरमा बढी गिरावट आउने आकलन गरिएको समेत बताइन् ।



सन २०२० मा ९५ प्रतिशत भन्दा धेरै देशहरुमा प्रतिव्यक्ति आयमा पनि उच्च गिरावट आउन सक्ने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । आइएमएफले संक्रमणको अवस्था नियन्त्रणमा आउन नसके विश्वको वित्तीय अवस्था अझै खराब अवस्थामा पुग्न सक्ने र विश्व अर्थतन्त्रमा अहिले सम्मकै ठूलो संकट आउन सक्ने अनुमान गरेको छ । 
 

Top