footer
logo
Blog single photo

ग्रीन डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी, जुलाइ ३ सम्म आवेदन दिन सकिने 

बैंकिङ रोजगारी । ग्रीन डेभलपमेन्ट बैंकले 'फाइनान्स एण्ड प्लानिङ अफिसर' र 'जुनियर एसिस्टेन्ट' पदका लागि कर्मचारी माग गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको बैंकले फाइनान्स एण्ड प्लानिङ अफिसर १ जना र जुनियर असिस्टेन्ट १ जना माग गरेको हो । 

फाइनान्स एण्ड प्लानिङ अफिसरका लागि व्यवस्थापनमा स्नातकोत्तर पास गरेको अथवा चार्टड एकाउन्टेन्ट्स पुरा गरेको र कम्तिमा ३ वर्ष बैंकिङ अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् । त्यस्तै आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन, योजना र विकासमा राम्रो ज्ञान भएको व्यक्ति समेत हुनुपर्ने छ । 



जुनियर असिस्टेन्टका लागि व्यवस्थापन वा इकोनोमिक्समा स्नातक गरेको र कम्तिमा १ वर्षको अनुभव भएको व्यक्तिले आवेदन दिन सक्ने छन् । 

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले जुलाई ३ भित्रमा एप्लिकेशन दिनुपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार career@greenbank.com.np ले मा एप्लिकेशन सहित सिभी र फोटो पठाउन सकिने छ ।

Top