footer
logo
Blog single photo

धितोपत्र बोर्डले दियो आइपीओ निष्काशनकालागि अजोड इन्स्योरेन्सलाई अनुमति 

बीमा खबर । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्सलाई प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्न अनुमति दिएको छ । ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डले असार ७ गते नै अनुमति दिएको थियो । 

इन्स्योरेन्सले विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमार्फत निष्काशन गर्न लागेको हो । आइपीओको प्रत्याभुतकर्ता ग्लोबल आइएमई क्यापिटल र कुमारी क्यापिटल रहेका छन् । 



इन्स्योरेन्सको गत पुष ११ गतेको दोस्रो वार्षिक साधारणसभाले सर्वसाधारणमा आइपीओ जारी गर्ने निर्णय गरेको थियो । आइपीओ जारी भएपछि इन्स्योरेन्सको चुक्तापूँजी एक अर्ब रुपैयाँ पुग्ने छ । 

आइपीओ निष्काशनका लागि केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्नीको आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको देखाउँछ ।  
 

Top