footer
logo
Blog single photo

२४ अर्ब ३ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक 

राष्ट्र बैंक । नेपाल राष्ट्र बैंकले २४ अर्ब ३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि असार ८ गते सोमबार ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट विक्री गर्न लागेको हो । 

राष्ट्र बैंकले यस अघि जारी गरेर मिति समाप्त भएको ९ अर्ब ३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल र १५ अर्ब रुपैयाँको नयाँ बिल विक्री गर्न लागेको हो । जसमध्ये ५ अर्ब रुपैयाँको २८ दिन अवधिको, १४ अर्ब ३ करोड बराबरको ९१ दिन अवधिको र ५ अर्ब बराबरको १ सय ८२ दिन अवधिको ट्रेजरी बिल विक्री गर्न लागेको हो । 



बैंकले विक्री गर्न लागेको २८ दिन अवधिको ५ र्अ रुपैयाँको ट्रेजरी बिल आगामी साउन ६ गते परिपक्व हुने छ । ९१ दिन अवधकिो १४ अर्ब ३ करोड रुपैयाँ बराबरको बिल २०७७ असोज ६ गते र १ सय ८२ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको २०७७ पुष ७ गते परिपक्व हुने छ । 

बोलकबोल मार्फत विक्री गर्न लागिएको उक्त बिलमा सोमबार दिउसो ३ बजे भित्र अनलाइन बिढिङ्ग मार्फत बोलकबोल हुने छ । बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तषा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्ने छन् । ट्रेजरी बिल असार ९ गते मंगलबार जारी हुने छ । 
 

Top