footer
logo
Blog single photo

शेयर बजार अनिश्चितकालका लागि बन्द

शेयर बजार । शेयर बजार फेरीपनि बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जले नेपाल धितोपत्र बोर्डबाट निर्देशन नहुँदा सम्म शेयर कारोबार स्थगन गरिएको सूचना प्रकाशित गरेको छ ।



लकडाउन केही खुकुलो भएर आर्थिक गतिविधि शुरु हुँदा समेत शेयर बजार अनिश्चितकालका लागि बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जले जारी गरेको सूचनामा भनिएको छ ‘नेपाल धितोपत्र बोर्डको प.सं. ०७६/७७, चलानी नम्बर १३८३, मिति २०७७/०२/३२ को पत्रबाट ‘‘मिति २०७/०२/०१ को पत्रानुसार नेपाल सरकारले गरेको लकडाउन अवधिभर धितोपत्रको दोस्रो बजारको कारोबातर साविक बमोजिम स्थगन गर्ने व्यवस्था मिलाउन’’ निर्देशन प्राप्त भएकोले नेपाल स्टक एक्सचेन्ज लिमिटेड सञ्चालक समितिको मिति २०७७/०३/०६ को निर्णय अनुसार धितोपत्र सूचीकरण तषा कारोबार नियमावली, २०७५ को नियम २१ को उपनियम १ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अर्को निर्देशन प्राप्त नभएसम्मका लागि मिति २०७७/०३/०७ गतेदेखि धितोपत्रको दोस्रो बजारको कारोबार स्थगन गर्ने निर्णय भएको हुँदा सोही व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।’
 

Top