footer
logo
Blog single photo

जाल्पा लघुवित्त वित्तीय संस्थाद्धारा आफ्ना सदस्यहरुलाई ९ लाख ४० हजार बराबरको सहयोग प्रदान 

लघुवित्त । लकडाउनका कारण रोजगारी गुमेर समस्यमा परेका ९ सय ४० जना अति विपन्न सदस्यहरुलाई जाल्पा लघुवित्त वित्तीय संस्थाले राहत सामग्री उपलब्ध गराएको छ । लघुवित्तको पोखरा शाखाले ९ लाख ४० हजार रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको जानकारी दिएको छ ।

ग्राहक संरक्षणकोषबाट खर्च हुने गरी राहत सामाग्री उपलब्ध गराएको हो । राहत पाउने सदस्यहरुको छनौट सम्बन्धित केन्द्र र शाखा कार्यालयहरुको सिफारिसमा गरिएको लघुवित्तले जनाएको छ । स्थानिय निकायका पदाधिकारी, अनुगमन प्रमुख, शाखा प्रबन्धक एवं केन्द्र प्रमुखहरुको रोहवरमा राहत वितरण गरिरएको छ ।



लघुवित्तले प्रदेश स्तरीय कोरोना भाईरस रोकथाम तथा नियन्त्रणकोषमा पनि ५५ हजार रुपैयाँ सहयोग गरेको छ । लघुवित्तका सञ्चालक मिनप्रसाद भट्टराईले उक्त रकम बराबरको चेक गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गलाई उपलब्ध गराएका छन् । 

यस्तै विभिन्न ३३ वटा स्थानीय निकायको कोराना भाईरस रोकथाम तथा नियन्त्रणकोषमा ३ लाख ४६ हजार ५ सय रुपैयाँ बराबरको खाद्यय सामग्री एवं नगद सहयोग उपलब्ध गराएको लघुवित्तले जनाएको छ । 

Top