footer
logo
Blog single photo

कोरोना रोकथाम तथा उपचारका लागि मेरो माइक्रोफाइनान्सले गर्यो आर्थिक सहयोग

लघुवित्त । कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले सहयोग प्रदान गरेको छ । माइक्रोफाइनान्सले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट २५ लाख ६० हजार ७ सय १९ रुपैयाँको चेक संघीय सरकारलाई हस्तान्तरण गरेको हो । उक्त चेक राष्ट्रिय बाणिज्य बैंकमा रहेको उपचार कोषको खातामा विहीवार नै जम्मा गरेको माइक्रोफाइनान्सले जनाएको  छ । 

उक्त रकममा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व सँगै कार्यरत कर्मचारीको ३ दिनको पारिश्रमिक समेत समावेश गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले जानकारी दिए । 

यससँगै कोरोना पीडित एवम् विपन्न वर्गलाई राहत पु-याउन विभिन्न स्थानीय तहमार्फत् १० लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग उपलब्ध गराइसकेको दाहालले जानकारी दिए । 



समग्र बिश्वलाई नै प्रभावित पारिरहेको मानवीय बिपत्तिको घडिमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले चालेको पहलमा सहयोग पु-याउन पाउदा आफूहरुका लागि गर्वको कुरा भएको सीईओ दाहालले बताए । उनले आफूहरु कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिक तथा नेपाल सरकारसंग एकजुट भएर काम गर्न प्रतिबद्ध रहेको बताए । 

असार लागेपछि लकडाउन खुकुलो पारिँदा ब्यापार ब्यवसाय पुनः सूचारु भए पनि अर्थतन्त्र ओरालो लागेको अवस्था भन्दै सीईओ दाहालले यस किसिमको सहयोग निरन्तर जारी राख्ने बताए । 

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले देशका ५९ जिल्लमा १२० शाखामार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

Top