footer
logo
Blog single photo

विदेशी मुद्राको सञ्चिति झण्डै १९ प्रतिशतले बढ्यो, १०.८ महिनाको आयात धन्न सक्ने

अर्थतन्त्र । आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको दशमहिनामा कुल विदेशी विनिमय सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २९७७ वैशाख मसान्त सम्म १८ दशमलव ९ प्रतिशतले बृद्धि भई १२ खबै ३५ अर्ब २५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ बैशाख मसान्तमा १० अर्ब २५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा २०७७ बैशाख मसान्तमा १० खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा २०७७ बैशाख मसान्तमा १ खर्ब ६० अर्ब ७ करोड रुपैयाँ पुगेको छ । २०७७ बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ ।



आर्थिक वर्ष २०७६/७७ को दश महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२ दशमलव २ महिनाको वस्तु आयात र १० खदशमलव ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२ दशमलव ८ प्रतिशत, ८९ दशमलव ७ प्रतिशत र ३१ दशमलव २ प्रतिशत रहेका छन्। २०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३० प्रतिशत, ६४ दशमलव ९ प्रतिशत र २९ प्रतिशत रहेका थिए । 
 

Top