footer
logo
Blog single photo

शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोड रुपैयाँले बचतमा, चालु खाता घाटामा पनि सुधार

अर्थतन्त्र । चालु आर्थिक वर्षको वैशाख मसमन्तसम्म शोधनान्तर स्थिति बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (दश महिनाको तथ्याङ्कमा आधारित)मा प्रकाशित भए अनुसार सोधनान्तर स्थिति १ खर्ब १२ अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । अघिललो वर्षको वैशाख मसान्त सम्मको शोधनान्तर स्थिति ६८ अर्ब २० करोड रुपैयाँले घाटामा थियो । लकडाउनका कारण आयात घट्ना जाँदा शोधनान्तर स्थिति बचतमा पुगेको हो । 

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनासम्म ६० करोड २ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको छ । 



यस्तै वैशाख मसान्तसम्मा चालु खाता घाटा १ खर्ब ५ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब २१ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दश महिनामा १ अर्ब ९६ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा ९४ करोड रहेको छ । 

यो अवधिमा पूँजीगत ट्रान्सफर १२ अर्ब ४९ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ४२ करोड रुपैयाँ बराबरको रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर १३ अर्ब ४८ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो । 
 

Top