footer
logo
Blog single photo

कोरोनाका कारण अर्थतन्त्रमा परेको असर अध्ययन गर्न राष्ट्र बैंकले माग्यो उद्योगी व्यवसायीसँग प्रतिक्रिया

राष्ट्र बैंक । नेपाल राष्ट्र बैंकले कोभिड १९ बाट अर्थतन्त्रमा परेको असर अध्ययन गर्नका लागि उद्योगी व्यवसायीहरुसँग प्रतिक्रिया मागेको छ । बैंकले अनलाइन मार्फत अर्थतन्त्रमा परेको असरको अध्ययन गर्ने गरी अनलाइनबाटै उद्योगी व्यवसायीहरुको प्रतिक्रिया मागेको हो । 



बैंकले वेबसाइटको बाँयाँपट्टि रहेको लिंकमा गई फारम भरेर सहयोग गरिदिन उद्योगी व्यवसायीहरुलाई अनुरोध गरेको छ । राष्ट्र बैंकले गरेको अनुरोधमा भनिएको छ ‘कोरोना भाइरस (कोभिड–१९) संकटबाट अर्थतन्त्रमा परेको असर अध्ययन गर्न यस बैंकले उद्योग व्यवसाय लगायत अर्थतन्त्रका विभिन्न क्षेत्रहरुको प्रतिक्रिया बुझ्ने क्रममा अनलाइन सर्वेक्षण गरिरहेको हुँदा यस बैंकको वेबसाइटको बायाापट्टि रहेको लिंकमा रहेको सर्वेक्षण फारम भरी सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’ 
 

Top