footer
logo
Blog single photo

राष्ट्रिय सहकारी बैंकको सिइओमा गुरागाईं पुनः नियुक्त, चार वर्ष थपियो कार्यकाल

सहकारी खबर । राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा बद्रीकुमार गुरागाईं पुनः नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बुधबार बसेको भर्चुअल बैठकले गुरागाईंलाई थप चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

गुरागाईं डेढ वर्ष अघि मात्रै बैंकको प्रमुख कायएकारी अधिकृतमा नियुक्त भएका थिए । बैंकका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा बसेको भर्चुअल बैठकले उनलाई फेरी रिन्तरता दिने निर्णय गरेको हो । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् । 

बैठकले गुरागाईलाई निरन्तरता दिने निर्णयसँगै थप अन्य निर्णय पनि गरेको छ । जेठ मसान्त सम्म बुझाउनुपर्ने किस्ताको ब्याज म्याद भित्रै बुझाए १० प्रतिशत छुट दिने र असार १ गतेदेखि बचत तथा कर्जामा २ प्रतिशत ब्याज घटाउने निर्णय गरेको छ । 



बैंकको ११ हजार शेयर सदस्य रहेका छन भने २ अर्ब रुपैयाँ शेयर पूँजी रहेको छ । बैंकले ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै चालु आर्थिक वर्षको १० महिनामा करिब ४२ करोड रुपैयाँ मुनाफा गरेको छ । 

Top