footer
logo
Blog single photo

पुनर्बीमा कम्पनीको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज १४१.४५रुपैयाँ देखि ४२४.३५ रुपैयाँ निर्धारण  

बीमा खबर । नेपाल पुनर्बीमा कम्पनीको शेयर बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। पुनर्बीमाको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। उक्त शेयर मध्ये सर्वसाधारणलाई निष्काशन गरेको १ करोड ६० लाख कित्ता र संस्थापक तर्फको ८ करोड ४० लाख कित्ता शेयर रहेको छ । 

नेप्सेले सूचीकृत शेयरको पहिलो कारोबारका लागि १ सय ४१ रुपैयाँ ४५ पैसा देखि ४ सय २४ रुपैयाँ ३५ पैसा ओपनिङ रेन्ज तोकेको छ । 

पुनर्बीमाले गत चैत ४ गते १ अर्ब ६० करोड रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारका लागि निष्काशन गरेको थियो । उक्त शेयर चैत २६ गते बाँडफाँड भएको थियो । कम्पनीले निष्काशन गरेको १ करोड ६० लाख कित्ता साधारण शेयर मध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीलाई, ८ लाख कित्ता सामूहिक लगानी कोयका लागि र १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता शेयर सर्वसाधारण नागरिकका लागि निष्काशन गरेको थियो । कम्पनीको कुल पूँजी १० अर्ब रुपैयाँ रहेको छ । 



कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएपनि लकडाउन पछि खुल्ने बजारमा मात्रै कारोबार हुने छ । 

Top