footer
logo
Blog single photo

छिमेक लघुवित्तले सुरु ग-यो डिजिटल भुक्तानी सेवा

लघुवित्त खबर । छिमेक लघुवित्त र इ–सेवा फोन पे बीच डिजिजटल भुक्तानी सेवा सम्बन्ध सम्झौता भएको छ । लघुवित्तका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी र इ–सेवा फोन पेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाबीच उक्त सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको छ । 



लघुवित्तका ग्राहक र कर्मचारीहरुलाई प्रविधिमा अभ्यस्त गराउँदै वित्तीय कारोवारमा सहजता ल्याउन डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता गरिएको लघुवित्तले जनाएको छ । यो सम्झौतासँगै नेपालको लघुवित्त क्षेत्रमा पहिलो अनुभव हने समेत लघुवित्तले जनाएको छ । यसबाट ग्राहकले आफ्नो घरबाटै भुक्तानी गर्न सक्ने र समयको बचतसँगै आर्थिक ब्ययभार समेत कम हुनेछ विश्वास लघुवित्तले गरेको छ । 
 

 

Top