footer
logo
Blog single photo

कोरोना बीमा स्थागित गार्न बीमा समितिको निर्देशन

बीमा खबर । बीमा समितिले कोरोना बीमा स्थगित गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिको निर्देशन पछि शुक्रबारबाट औपचारीक रुपमा कोरोना बीमा बन्द भएको छ । 

बिहीबार बीमा समिति र नेपाल बीमक संघबीच भएको भएको छलफल पछि कोरोना बीमा रोक्न समितिले निर्देशन दिएको हो । संघले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दायित्व वहन गर्न गह्रो हुने भन्दै कोरोना बीमा पोलिसि रोक्न आग्रह गरेको थियो । 

बीमा समितिले बिहीबार नै निर्जीवन बीमा कम्पनीहरुलाई पत्राचार गरी कोरोना बीमा स्थागित गर्न निर्देशन दिएको हो । 



सरकारले आगामी आर्थिक वर्षको बजेटमा नै कोरोना बीमालाई समावेस गरेको थियो । बजेटमा सरकारी कर्मचारीहरुको निशुल्क कोरोना बीमा गर्ने र सामुहिक बीमामा लाग्ने बीमाशुल्कमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको थियो । 

अहिले सम्म बीमा पोलिसि खरिद गर्ने बीमितहरुको जोखिम सुरक्षण भने रहेको समितिले जनाएको छ । 

Top