footer
logo
May 31 2020
Blog single photo

प्रभु बैंकको बैंकिङ सफ्टवेर प्रतिस्थापन, सबै ग्राहकको खाता नम्बर परिवर्तन

बैंक खबर । प्रभु बैंकले सबै खातावालाको खाता नम्बर परिवर्तन भएको जनाएको छ । बैंकले सूचना गरी गरी बैंकिङ सफ्टवेर प्रतिस्थापन गरिएको कारण सबैजनाको खाता नम्बर परिवर्तन भएको जानकारी दिएको हो ।

सूचनामा भनिएको छ ‘प्रभु बैंक लिमिटेडको बैंकिङ सफ्टवेर प्रतिस्थापन (Core Banking System Migration) कार्य सम्पन्न भएको व्यहोरा सम्पूणै ग्राहक महानुभावहरुलाई सहर्ष जानकारी गराउँदछौं । उक्त कारणले ग्राहक महानुभावहरुका साविक बमोजिमका खाता नम्बर परिवर्तन भएको हुनाले परिवर्तित नयाँ खाता नम्बर लिनुहुन आफ्नो अनुकुल समयमा आफुलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ ।’



Top