footer
logo
Blog single photo

बीमाशुल्क संकलन गर्ने समय थपियो, जीवन बीमा प्रिमियम बुझाउने समय जेठ मसान्तसम्म 

बीमा खबर । सरकारले लकडाउनका कारण असर परेको भन्दै बीमा क्षेत्रका लागि पनि केही सुविधा घोषणा गरेको छ। अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बीमा अवधि समाप्त भएको बीमालेखको हकमा बीमितको लिखित अनुरोध (विद्युतीय माध्यमबाट समेत प्रप्त) भएको अवस्थामा बीमालेख नवीकरण गर्ने व्यवस्थालाई लकडाउन सकिएको मितिले १५ दिन सम्म कायम गरिएको बताउनुभएको छ । 

लकडाउनको अवधिभित्र संकलन गर्नुपर्ने जीवन बीमा प्रिमियम संकलन गर्ने अवधि २०७७ जेठ मसान्तसम्मका लागि थप गरिएको छ। यो अवधिमा कुनैपनि ब्याज लाग्ने छैन् । 



चैत र वैशाख महिनामा नविकरण गर्नुपर्ने बीमा अधिकर्ता र सर्भेयरको ईजाजतपत्र नवीकरणको म्याद असार मसान्त सम्म थप गर्ने र कुनैपनि जरीवाना नलाग्ने भएको छ । निर्जीवन बीमाले तत्काल सिर्जना हुने दावी भुक्तानीको लागि बिद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा अवस्था समान्य भएपछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दावी भुक्तानी गर्ने व्यवस्थालाई निरन्तरता दिएको छ । 
 

Top