footer
logo
Blog single photo

विश्व अर्थतन्त्रमा २००८को भन्दा खराब अवस्था आउने अर्थविद्हरुको चेतावनि

विश्व अर्थतन्त्र । कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्रमा सन २००८ पछिको खराब अवस्था आउने चेतावनि अर्थविद्हरुले दिएका छन् । अर्थविद्हरुले दोस्रो ग्लोबल वित्तीय संकटको सुरुवत भइसकेको समेत भनेका छन् । 

संयुक्त राष्ट्र संघको ट्रेड एण्ड डेभलपमेन्ट सम्मेलनको एक रिपोर्टले पनि कोभिड–१९ले विश्वको औद्योगिक क्षेत्रमा सन २००८ को विश्वव्यापी संकट भन्दा पनि खराब अवस्था आउन सक्ने बताएको छ । 

एउटा सर्वेक्षणले ५ हजार भन्दा बढी शीर्ष बहुराष्ट्रिय कम्पनीहरुको औसत आम्दानी एक वर्ष अघिको तुलनामा ३० प्रतिशत भन्दा बढीले घटेको देखाइसकेको छ । अझ अमेरिकामा रहेका बहुराष्ट्रिय कम्पनीहरुको कुल आय गत वर्षको भन्दा आधा मात्र हुने अनुमान कम्पनीहरुले गरेका छन् । अझ सबैभन्दा कठिन अवस्थामा उर्जा, आधारभुत वस्तु, एयरलाइन्स कम्पनी र मोटर उत्पादक कम्पनीहरु रहेका छन् ।

विश्वव्यापी औद्योगिक चेनको महत्वपूर्ण विषय भनेको आपूर्ति र माग हो । चीनले विश्वमा मूख्य आपूर्तिकर्ताको काम गरिरहेको छ । गत डिसेम्बरको अन्तिम देखि नै चीनमा कोभिड–१९ को संक्रमण देखा परेपछि कम्पनीहरु बन्द हुँदा पहिलो क्वाटरमा आपूर्तिमा ठूलो समस्या देखियो । जनवरी र फेब्रुअरीमा महामारीका कारण चीनको आपूर्ति क्षमता सिमित बनेको थियो । आपूर्ति व्यवस्थपन संस्थानले दिएको रिपोर्ट अनुसार अमेरिकी कम्पनीहरुले गर्ने ७५ प्रतिशत आपूर्ति अवरुद्ध भएको छ । बेइजिङका अन्तर्राष्ट्रिय व्यापार र अर्थशास्त्र विश्वविद्यालयका प्राध्यापक वाङ्ग टिडोंगले उत्पादनका लागि कच्चा पदार्थ पाउन नसक्दा कम्पनीहरुको आपूर्ति अवरुद्ध हुन पुगेको बताए । 

अमेरिका, युरोप र जापान लगायतका प्रमुख बजारहरुमा चीनबाट हुने निर्यात जनबरी र फेब्रुअरीमा मात्रै १४ देखि २० प्रतिशतले कमी आएको थियो । चीनले विश्वका ठूला कम्पनीमा कच्चापदार्थको आपूर्ति गर्दै आएको छ । 

चीनको वुहानमा महामारी नियन्त्रण भएसँगै चिनियाा कम्पनीहरुले आफ्नो उत्पादन फेरी सुरु गरेका छन् । चीनमा रहेका ८ हजार ८ सय भन्दा बढी विदेशी कम्पनीहरु मध्ये ७२ प्रतिशतले आफ्नो उत्पादन सुरु गरिसकेको चिनियाँ वाणिज्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । तर कोभिड–१९ को प्रभाव चीन भन्दा बाहीर खासगरी युरोप, अमेरिका, जापान, भारत लगायतमा बढी देखिएकोले माग पक्ष कमजोर रहँदा आपूर्ति समेत प्रभावित भएको छ । विश्वव्यापी औद्योगिक चेनको साथ माग पक्षमा कठिनाई देखिएकाले चिनियाँ विदेशी कम्पनीहरुले पनि आपूर्तिबढाउन सक्ने छैनन् । अमेरिका र युरोपेली युनियनमा महामारी गम्भीर रहने अवस्था आएको र यसले उनीहरुको अर्थव्यवस्थामा असर पार्ने भएकाले ग्राहकको मागलाई कमजोर बनाउने छ । 



अमेरिकाको कुल गार्हस्थ उत्पादनमा सन २०२० मा ८ दशमलव ७ प्रतिशतले गिरावट आइसकेको यसलाई तत्काल सुधार गर्न नसकिने म्याकेन्सीको रिपोर्टले देखाएको छ । यसको असर सन २०२४ को द्रोस्रो क्वाटर सम्मपनि सुधार हुने छैन् । त्यस्तै म्याकेन्सीको रिपोर्टले अमेरिकामा बेरोजगारी दावी बढ्दै गएको र मार्च अन्तिम सम्ममा ४४ मिलियन देखि ५७ मिलियन रोजगारीहरु कमजोर बनेका छन् । 

पछिल्लो परिस्थितिलाई नजिकबाट नियालीरहेका वाङ्गले यो विश्वास गरेका छन की चिनियाँ उत्पादनका लागि सिकाइ हुने छ र चीनको औद्योगिक श्रृङ्खलामा नकारात्मक असर पार्ने छ । विश्वका ठूला मुलुकहरुको अर्थव्यवस्था र तिनिहरुको मागलाई दमन गरियोभने र मन्दी लामो समय रहयो भने चीनका लागि सुखद रहने छैन् । वाङ्गले भने ‘यदि उनीहरुको अर्थव्यवस्था र प्रभावकारी मागहरुलाई दमन गरियो भने वा तिनीहरुसँग पनि व्यवस्थित मन्दी रहिरहयो भने चीनका लागि यो शुभ समाचार हुनेछैन ।’

वाङले विश्वका सबै देशहरु औद्योगिक श्रृङखलामा एक अर्कासँग सम्बन्धित भएको र एक क्षेत्रमा महामारी हुँदा अर्को क्षेत्रमा समेत यसको परिणाम खतरा हुन्छ । त्यसैले सबै देशहरुलाई सहयोग गर्न उनले आग्रह गरेका छन् । ‘चाहे कोरोना भाइरस विरुद्धको लडाई जतिसुकै गाह्रो होस्,’ उनले भने । 

एजेन्सीको सहयोगमा ।

Top