प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंकलाई एक्वायर गरेको छ। बुधबार प्राइम कमर्सियल बैंकका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काईका अध्यक्ष सेवक दाहालले एक्वायर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
दुई वित्तीय संस्था एक भएपछि बन्ने बैंकको कुल शाखा ८९ पुग्ने छ । प्राइम कमर्सियल बैंकले ओमसँग मर्जर टुटेपछि कन्काईलाई एक्वायर गरेको हो ।
प्राइमले कन्काईलाई उक्वायर गर्नका लागि जेठ २६ गते ११ औ वार्षिक साधारणसभा डाकेको छ। हाल प्राइमको चुक्ता पूँजी ८ अर्ब तीन करोड रुपैयाँ रहेको छ भने कन्काईको ५१ करोड ५० लाख रुपैयाँ छ।