footer
logo
April 02 2020
Blog single photo

भारतको बैंकिङ क्षेत्रमा बिग मर्जर, पंजाब बन्यो दोस्रो ठूलो बैंक

बैंक खबर । भारतमा पंजाब नेशनल बैंक (पीएनबी)देशकै दोस्रो ठूलो बैंक बनेको छ । अप्रिल १ बाट पीएनबीमा दुई सरकारी बैंक ओरिएन्टल बैंक अफ कमर्स (ओबीसी) र यूनाइटेड बैंक अफ इंडिया (यूबीआई) विलय भएपछि पीएनबी भारतको दोस्रो ठूलो बैंकको रुपमा स्थापित भएको हो । भारतमा सबैभन्दा ठूलो बैंक भारतीय स्टेट बैंक (एसबीआई) रहेको छ । 

बैंक मर्जपछि पीएनबीमा कुल कर्मचारी संख्या १ लाख भन्दा बढी पूगेको छ भने बैंकको कुल व्यवसाय १८ लाख करोड भारतीय रुपैयाँ भन्दा माथि पुगेको छ । भारतको पहिलो बैंक एसबीआईमा २ लाख ४५ हजार कर्मचारी रहेका छन भने ३८ लाख करोड भारतीय रुपैयाँ बराबरको व्यवसाय रहेको छ । 

यसबाहेक भारतमा अन्य ठूला बैंकहरुपनि एक आपसमा गाभिएका छन् ।  केनरा बैंक सिंडिकेट बैंकमा गाभिएको छ । यससँगैं सिंडिकेट भारतको चौथो ठूलो बैंक बनेको छ । यो बैंकको पूँजी १५ लाख २० हजार करोड भारतीय रुपैयाँ पुगेको छ । 



त्यस्तै यूनियन बैंक अफ इंडिया, आंध्रा बैंक र कर्पोरेशन बैंक मिलेर अर्को पाँचौं ठूलो बैंक बनेको छ । जसको कारोबार १४ लाख ५९ कारोड भारतीय रुपैयाँ पुगेको छ । मर्जर भएका अन्य दुई बैंकमा इंडियन बैंक र इलाहबाद बैंक रहेका छन् । 

भारतमा १० ठूला बैंकहरु एकआपसमा गाभिएर चार बैंकमा परिणत भएपछि भारतीय वित्तीय बजारमा बैंकको संख्या घटेको छ । मर्जमा गएका बैंकहरुले संयुक्त कारोबार थालेपछि ग्राहकले खाता नम्बर र कस्टुमर आइडी नयाँ पाउने बताएका छन् । त्यसका लागि आफ्नो व्यक्तिगत जानकारी अध्यावधिक गराउन आफ्ना ग्राहकहरुलाई सूचना गरेका छन् ।

Top