footer
logo
March 28 2020
Blog single photo

विश्व अर्थतन्त्रमा देखिन थाल्यो आर्थिक मन्दी – आईएमएफ

अर्थतन्त्र । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै विश्व अर्थतन्त्रमा मन्दी देखिन थालेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बताएको छ । आईएमएफकी प्रमुख क्रिस्टालिना जोर्जिएभाले कोरोना भाइरसको महामारीका कारण विश्वको अर्थतन्त्र मन्दीमा प्रवेश गरेको बताएकी छन् । 

शुक्रबार अनलाइन प्रेस वार्तामा आईएमएफ प्रमुख जर्जिएभाले अहिले देखिने आर्थिक मन्दी सन् २००९मा देखिएको आर्थिक मन्दी भन्दापनि खराब हुने बताएकी हुन् । उनले कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि अधिकांश देशहरुले लकडाउन गरेका कारण विश्वकै अर्थतन्त्र धर्मराएको बताईन् । 

 



अर्थतन्त्रमा परेको मन्दीलाई न्यूनीकरण गर्नका लागि विकासित मुलुकहरुले योजना ल्याउनुपर्ने उनले बताइन । उनले विश्वभर बेरोजगारी बढेको, अर्थतन्त्र ठप्प बनेकोले उचित र ठूलो योजना आवश्यक रहेको बताईन् । एजेन्सीको सहयोगमा 

Top