footer
logo
January 24 2020
Blog single photo

सिद्धार्थ बैंकले कमायो १ अर्ब २ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी घट्यो

बैंक खबर । आर्थिक वर्ष २०७६/०७७ को दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको नाफा घटेको छ । बैंकले  १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासमा भन्दा ४ करोड २८ लाख रुपैयााले कम हो । गत वर्ष १ अबै ५ करोड रुपैयाँ नाफा कमाएको थियो । 

निक्षेप तथा कर्जा लगानी
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पुष मसान्त सम्म १ खर्ब २६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । जुन गत वर्षको सोही अवधिको भन्दा ११ अर्ब २६ करोड रुपैयाँले बढी हो । गत वर्ष बैंकको निक्षेप १ खर्ब १४ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । बैंकले यो अवधिमा कर्जा लगानी पनि बढाएको छ । पुष मसान्त सम्म बैंकले १ खर्ब १८ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा १ खर्ब ४ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । 

ब्याज खर्च तथा आम्दानी
बैंकको खुद ब्याज आम्दानी गत वर्षभन्दा बढेको छ । बैंकले यो अवधिमा २ अर्ब ७७ करोड ३८ लाख रुपैयाँ खु ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिमा भन्दा ४८ करोड ५० लाख रुपैयाँले बढी हो । गत वर्ष यस्तो आम्दानी २ अर्ब २८ करोड ८८ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको सञ्चालन मुनाफा १३ लाख ४३ करोड रुपैयाँले घटेर १ अर्ब ५२ करोड ५ लाख रुपैयाँमा झरेको छ । यो अवधिमा बैंकको कर्मचारी खर्च सबैभन्दा बढेको छ । गत वर्ष भन्दा ३२ करोड १८ लाख रुपैयाँले कर्मचारी खर्च बढेर १ अर्ब ३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । अन्य सञ्चालन खर्च पनि १२ करोड ४६ लाख रुपैयाँले वृद्धि भई ४४ करोड ३२ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा बैंकको खुद नाफा प्रभावित भएको छ । 



वित्तीय अनुपातहरु
बैंकको प्रति शेयर आम्दानी २१ रुपैयाँ ५७ पैसा रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रति शेयर आम्दानी २४ रुपैयाँ ७० पैसा रहेको थियो । मूल्य आम्दानी अनुपात १४ दशमलव ६५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५० रुपैयाँ ७२ पैसा र तरलता अनुपात २० दशमलव ९६ प्रतिशत रहेको छ । 
 

Top