footer
logo
Blog single photo

शिभिल बैंकमा रोजगारी खुल्यो, माघ २२ गते सम्म आवेदन दिन सकिने

बैंक खबर । सिभिल बैंकले विभिन्न पद्का लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले नयाँ शाखा विस्तार गर्न लागेकाले कर्मचारीको माग रहेको जनाएको छ । बैंकले १ सय १० जना कर्मचारी माग गरेको हो ।

बैंकका अनुसार ब्रान्च म्यानेजरका लागि १५ जना, रिलेशनसिप म्यानेजरका लागि ३० जना, अपरेशन इन्चार्जका लागि १५ जना, अपरेशन असिस्टेन्टका लागि ५० जना कर्मचारीको माग गरेको हो । 

बैंकले ब्रान्च म्यनेजरका लागि ५ वर्ष म्यानेजरीयल लेभल र ३ वर्ष अफिसर लेभलका रुपमा काम गरेको अनुभव भएकाले आवेदन दिन सक्ने जनाएको छ । रिलेशनसिप म्यानेजरका लागि भने ३ वर्ष अफिसर लेभल र २ वर्ष एसिस्टेन्ट लेभलमा काम गरेको अनुभव भएकाले आवेदन दिन सक्ने छन् । अपरेशन इन्चार्जका लागि ३ वर्ष अफिसर लेभल र २ वर्ष एसिस्टेन्ट लेभलको अनुभव हुनुपर्ने छ । अपरेशन असिस्टेन्टका लागि भने कम्तीमा पनि एक वर्ष बैंकमा काम गरेको अनुभव हुनुपर्ने छ ।

 



बैंकमा काम गर्न इच्छुक योग्यता पुगेकाले माघ २२ गतेभित्र आवेदन दिइसक्नुपर्ने समेत बैंकले जनाएको छ । यो लिंकबाट https://www.civilbank.com.np/current-vacancies आवेदन दिन सकिन्छ ।

Top