footer
logo
June 05 2019
Blog single photo

इन्फिनिटी लघुवित्तको आईपीओ आज बाँडफाँड हुने 

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण शेयर (आईपीओ) आज बाँडफाँड हुने भएको छ । लघुवित्तले जेठ १३ गतेदेखि १६ गतेसम्म ६ लाख ७४ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

विक्री प्रवन्धक सिभिल क्यापिटल मार्केटका अनुसार आईपीओको बाँडफाँड बिहान १० बजे  सिभिल क्यापिटल मार्केटको केन्द्रिय कार्यालय सुन्धारास्थित सीटीसी मलमा हुने छ । 

 



लघुवित्तले निष्काशन गरेको ६ लाख ७४ हजार कित्ता शेयर मध्ये कर्मचारीलाई १० हजार ३ सय ७० कित्ता र म्युचुअल फण्डलाई ३३ हजार ७ सय कित्ता छुट्याएर बाँकी रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ता शेयर मात्र सर्वसाधारणका लागि खुला गरिएको थियो ।

आईपीओमा कूल ६८ करोड ४ लाख रुपैयाँ बराबरको ६८ ४ हजार कित्ताको शेयर माग परेको थियो । 

Top