footer
logo
Blog single photo

मुक्तिनाथ विकास बैंकमा कर्मचारी आवश्यक, १३५ जनाका लागि खुल्यो भ्याकेन्सी

बैंक खबर । मुक्तिनाथ विकास बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका शाखाहरुका लागि १ सय ३५ जना कर्मचारी आवश्यक रहेको उल्लेख गर्दै आवेदन माग गरेको हो । बैंकले इन्ट्री लेवल देखि म्यानेजमेन्ट ट्रेनी सम्मका पदका लागि एकैपटक कर्मचारीको माग गरेको हो । 

बैंकले ट्रेनी एसिस्टेन्ट पदका लागि ८० जना, म्यानेजमेन्ट ट्रेनीका लागि २५, असिस्टेन्ट टु सुपरभाइजर (स्मल एन्ड माइक्रो बैंकिङ) का लागि ३० जना कर्मचारी माग गरेको हो । 



बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि कम्तीमा व्यवस्थापन संकाय वा अर्थशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरी ३० वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । असिस्टेन्ट टु सुपरभाइजर पदका लागि व्यवस्थापन संकाय वा अर्थशास्त्रमा कम्तीमा प्लस टु गरेको वा प्रमाणपत्र तह उत्तीर्ण गरी ३५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । ट्रेनी असिस्टेन्टका लागिपनि कम्तीमा व्यवस्थापन संकायमा प्लस टु गरी २५ वर्ष ननाघेको हुनुपर्ने छ ।    

बैंकले आवेदन दिनेमध्ये स्थानीयलाई प्राथमिकता दिएने जनाएको छ । जनवरी ८ देखि जनवरी २२ गते सम्म आवेदन दिन सकिने पनि बैंकले जनाएको छ । 

Top