footer
logo
June 03 2019
Blog single photo

लक्ष्मी लघुवित्तले ग-यो नयाँ सफ्टवेर खरिद गर्ने सम्झौता

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले नयाँ बैंकिङ सफ्टवेर खरिद गर्ने भएको छ । लघुवित्तले दिएको जानकारी अनुसार अहिले प्रयोगमा रहेको सफ्टवेर प्रतिस्थापन गरी नयाँ सफ्टवेर प्रयोग गर्ने भएको हो । त्यसका लागि लघुवित्तले भारतको नेलिटो सिस्टम लिमिटेडसँग सम्झौता गरेको छ । समझौता अनुसार लघुवित्तले ‘फिनक्रयाफ्ट टीएम कोर बैंकिङ् सोलुसन’ खरिद गर्ने छ । 
 



जेठ १७ गते शुक्रबार काठमाडौंमा भएको सम्झौता अनुसार आगामी मंसिरसम्ममा ‘फिनक्रयाफ्ट टीएम कोर बैंकिङ् सोलुसन’ बाट कारोबातर सुरु हुने छ । 
 

Top