footer
logo
Blog single photo

बैंकमा जागिर खान चाहनुहुन्छ? एनएमबि बैंकले माग्यो १८६ कर्मचारी, अनुभव नभएकालाई पनि अवसर

बैंक खबर । एनएमबि बैंकले विभिन्न पदमा १ सय ८६ जना कर्मचारीको माग गरेको छ । बैंकले १० वर्षसम्म बैंकिङ क्षेत्रमा अनुभव भएका देखि कुनैपनि अनुभव नभएकालाई हुने गरी विभिन्न पदमा कर्मचारीको माग गरेको हो । 

बैंकले कर्मचारी माग गरेको संख्या र तह
वरिष्ठ प्रवन्धक (बिजनेस रणनीति) – १ जना
शाखा प्रवन्धक (अफिसर तथा सिनियर अफिसर) – १५ जना
रिलेसनसिप म्यानेजर – २० जना
बिजनेस डेमलपमेन्ट एक्जुकेटिभ – १० जना
लिगल अफिसर – २ जना
सेक्युरिटी व्यवस्थापन – २ जना
चार्टर्ड एकाउन्टेन्टस – ६ जना
प्रोजेक्ट फाइनान्स अफिसर – २ जना
सफ्टवेर डेभलोपर्स – ३ जना
म्यानेजमेन्ट ट्रेनी – २५ जना
जुनियर एसिस्टेन्टस – १०० जना



बैंकले सबै पदमा बैंकको वेवसाइटमा गई अनलाईन आवेदन दिन सकिने समेत जनाएको छ । अनुभव आवश्यक पर्ने पदका लागि बैंकले अन्तर्वाताबाट छनोट गर्ने छ भने अन्य पदका लागि लिखित तथा अन्तर्वाताबाट छनोट गरिने छ । आवस्यक योग्यता पुगेका नेपाली नागरिकले मंसिर ११ गतेसम्म अनलाइनबाट आवेदन दिन सक्ने छन् । त्यसका लागि https://nmbbanknepal.com/current-vacancies मा गई आवेदन दिन सकिन्छ । 

Top