footer
logo
June 02 2019
Blog single photo

अझै २८ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी


बैंक खबर । आर्थिक वर्ष २०७५/०७६ को बैशाखसम्म ७ सय ५३ स्थानीय तह मध्ये ७ सय २५ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार अझै २८ वटा स्थानीय तहमा बैंकका शाखा स्थापना हुन बाँकी छ । 
 



प्रदेश–५ का १ सय ९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगिसकेका छन् । प्रदेश–१ मा ३ स्थानीय तह, प्रदेश २ मा २ स्थानीय तह, गण्डकी प्रदेशमा २ स्थानीय तह, कर्णाली प्रदेशमा १२ स्थानीय तह र सुदूरपश्चिम प्रदेशमा ७ स्थानीय तहमा बैंकका शाखा खुल्न सकेका छैनन् । 
 

Top