footer
logo
January 07 2021
Blog single photo

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माद्धारा शपथ ग्रहण

बैंक खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहिबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ । 

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले धनिराम शर्मालई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष धनिराम शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिव हुनुहुन्छ । शर्मा यस अघि नै नेपाल सरकार अर्थ मन्त्रालयबाट बैंकको सञ्चालकको रुपमा नियुक्त भई कार्यरत हुनुहुन्थ्यो । 



शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

Top