राष्ट्र बैंक । नेपाल राष्ट्र बैंकले एउटा बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले एक बैंकको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा मासिक न्यूनतम २ वटा कारोबार सम्म निःशुल्क गर्नुपर्ने र त्यो भन्दा बढी कारोबार भएको हकमा प्रति कारोबार २० रुपैयाँ सम्म शुल्क लिन सक्ने व्यवस्था गरेको हो ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि अन्तरबैंक एटीएम कारोबारमा निशुल्क गरेको थियो । अब माघ १ गते देखि भने प्रतिकारोबार २० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७७ मा संशोधन गरी यस्तो व्यवस्था गरेको हो ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ग्राहकको पूर्व अनुमति लिएर र सेवा शुल्क बारे पूर्व जानकारी गराएर मात्रै इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा वापतको शुल्क लिन सक्ने व्यवस्था गरेको छ ।