बैंक खबर । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा दुवै बैंकबीच अन्तिम सम्झौता भएको छ । सिटिजन्स बैंकको केन्द्रीय कार्यालयमा बुधबार अन्तिम सम्झौता भएको हो ।
सम्झौता पत्रमा सिटिजन्स बैंकका सञ्चालक एवं मर्जर/प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेन्ट बैंकका सञ्चालक एवं मर्जर/प्राप्ति समितिका संयोजक राजेन्द्रप्रसाद ओझाले हस्ताक्षर गर्नुभएको छ ।
अन्तिम सम्झौता भए अनुसार तिनाउ मिसनका शेयरधनीले एक सय कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९६ कित्ता शेयर पाउनेछन् ।
अब दुवै बैंकको विशेष साधारणसभाबाट प्राप्ति गर्ने सम्बन्धी विशेष प्रीताव पारित गरेपछि नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृत भएपछि एकीकृत कारोबार गर्ने बैंकहरुले बताएका छन् ।
प्राप्तिपछि सिटिजन्स बैंकको चुक्तापूँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुग्ने छ । यस्तै निक्षेप संकलन १ खर्ब २४ अर्ब रुपैयाँ पुग्ने छ भने कर्जा लगानी १ खर्ब माथि पुग्ने छ ।